FAQs Complain Problems

सूचना तथा समाचार

  • , , , , ,

    बालविकास सहजकर्ताहरुका लागि ३ दिने क्षमता विकास तालिम आज मिती २०७९ - ०५ - २६ गतेका दिन गल्याङ नगरप्रमुख ज्यू बाट उद्‌घाटन सम्पन्न भयो । गल्याङ न.पा. शिक्षा शाखाको आयोजनामा हुने ३ दिने तालिममा नगर भित्रका बाल विकास सहजकर्ता हरुको सहभागी रहनेछ ।

  • , , , , , , , , , ,

    गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवस कार्यक्रम नगर प्रमुख गुरु प्रसाद भट्टराइ ज्यु को अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनुहुने प्रतियोगिहरु, विभिन्न परिक्षामा उत्कृष्ट अंक सहित उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ट शिक्षक,उत्कृष्ट प्रध्यानाध्यापक, उत्कृष्ट विद्यालय ब्यवस्थापन समिति तथा सेवा निवृत्त हुनुभएका शिक्षक एवम् शिक्षा क्षेत्रमा योगदान गर्नुहुने विभिन्न ब्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो

    गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले नगरको समृद्धीको प्रमुख आधार भनेको शिक्षा क्षेत्रमा गरिने रुपान्तरण भएको तथा आफु र आफ्नो नगरपालिकाको टिम त्यसमै लागेको बताउनुभएको छ ।

    कार्यक्रममा बोल्दै उहाँले साक्षर र शिक्षित नागरिकबाट जुन किसिमको समाजको परिकल्पना गरिएको छ त्यो समाज निर्माणका लागि नागरिक शिक्षित मात्र होइन चेतनाको स्तर र चारित्रिक रुपान्तरण नभइ सामाजिक रुपान्तरणको परिकल्पना सम्भव नहुने बताउनु भएको हो । साथै उहाँले समृद्ध गल्याङ र समुन्नत नगरवासीको सपना लिएर आफु अघि बढिरहेको हुदा त्यो सपना साकार पार्न सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।

//