FAQs Complain Problems

समाचार

गल्याङ नगरपालिकाको आधिकारिक वेवसाइटमा तपाईहरुलाई स्वागत छ ।

गल्याङ नगरपालिकाको स्थिति ।।।।


 

साविक मालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो ।स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ ।  

जनसंख्या :- ३६९६७

सिमानाः
पूर्वः चापाकोट र वालिङ न.पा. ।
पश्चिमः कालिगण्डकी गा.पा. र गुल्मी जिल्ला ।
उत्तरः पर्वत जिल्ला ।
दक्षिणः पाल्पा जिल्ला ।

केन्द्र :- साविकको जगत्रदेवी गा.वि.स.को कार्यालय

क्षेत्रफल :- १२२.७१ वर्ग कि.मि.

वडा संख्या :- ११